नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेको छ ।

टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन् ।


आफ्नो जीवनकालमा स्व : नर बहादुर साउदले कम्पनीको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते .५० लाख बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र बोनस बापत १४ लाख २५ हजार इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।


प्रतिक्रिया दिनुहोस्