एक महिनामै निर्जीवन बीमा कम्पनीको ब्यवसाय साढे दुई अर्बमाथि, कुनको कति ? « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

एक महिनामै निर्जीवन बीमा कम्पनीको ब्यवसाय साढे दुई अर्बमाथि, कुनको कति ?



काठमाडौं । एक महिना मै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीले बैशाखमा मात्र २ अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

बैंशाख मात्र सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा २९ करोड ७० लाख ९१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।

साथै, दोस्रो नम्बरमा शिखर इन्स्योरेन्सले २७ करोड २० लाख ९६ हजार रुपैयाँ, तेस्रो नम्बरमा अजोड इन्स्योरेन्सले २६ करोड ९३ लाख ७९ हजार रुपैयाँ, चौथो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २४ करोड ९४ लाख ७१ हजार रुपैयाँ र पाँचौ नम्बरमा युनाइटेड इन्स्योरेन्सले २० करोड २२ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आजृन गरेका छन् ।

साथै, बीमा शुल्क आर्जन गर्नेमा क्रमशः नेको इन्स्योरेन्सले १९ करोड ६२ लाख ३९ हजार रुपैयाँ, हिमालयन एभरेष्टले १९ करोड ५५ लाख ८ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १७ करोड ६७ लाख ९९ हजार रुपैयाँ, सानिमा जिआईसीले १६ करोड ५८ लाख २४ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १२ करोड ७ लाख ४७ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ११ करोड ६१ लाख ४५ हजार रुपैयाँ, दि ओरिएन्टलले ८ करोड ६९ लाख १६ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६ करोड ९ लाख ४४ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ करोड ९९ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, साविकको आइएमई इन्स्योरन्सले ९ करोड २३ लाख ९३ हजार रुपैयाँ र प्रूडेन्सियल इन्स्योरेन्सले ११ करोड ३८ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी दुई कम्पनी मर्जर एकीकृत कारोबार सुरु पश्चात आइजिआई प्रूडेन्सियलले २ करोड ९१ लाख ८२ हजार रुपैयाँ ब्यवसाय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्