आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर « Arthapath.com
१० असार २०८२, मंगलबार

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौँ । आइशर कमर्सियल भेइकल्सको आधिकारिक विक्रेता बतास एमएडब्लु प्रालि र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमितहरुलाई नगदरहित दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात नगदरहित क्षतिपूर्ति कम्पनीले आफूले प्रदान गर्दै आइरहेको ब्यापक बीमा गरिएका सवारी साधनको दुर्घटनामा परि क्षति भएका सवारी साधनलाई बतास एमएडब्लुको आफ्नै आधिकारिक ग्यारेजमा लागि मर्मत गरेको खण्डमा बीमितले सवारी साधन मर्मत पश्चात बीमा पोलिसीले कभर नगर्ने तथा पोलिसीको अधिक क्षतिबापतको रकम मात्र तिरेर सो सवारी साधन लिन सकिने छ ।

बाँकी मर्मत खर्च बीमा कम्पनीले सोझै आधिकारिक मर्मत केन्द्रलाई भुक्तानी गर्नेछ । यसबाट दुवै कम्पनीका ग्राहकहरुलाई छिटो छरितो र झन्झटरहित बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्