बीमितको आर्थिक गर्जो टारिदिँदै जीवन बीमा कम्पनीहरु, बीमालेख धितो राखेर १ खर्ब कर्जा

काठमाडौं । बीमालेख धितोमा प्रवाह हुने कर्जा बढेको छ । ९ महिनामै जीवन बीमा कम्पनीहरुले झन्डै १ खर्ब रुपैयाँ बीमालेख धितोमा कर्जा दिएका छन् ।
हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बीमालेख धितो कर्जा समग्रमा ६.९० प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुले ९१ अर्ब २५ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो कर्जा बढेर ९७ अर्ब ५५ करोड ३८ लाख रुपैयाँ कायम भएको छ ।
तथ्याङ्कअनुसार बीमालेख धितो राखेर कर्जा लिनेहरु बढेका हुन् । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ । कम्पनीहरूबाट बीमितले बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन पाइने व्यवस्था रहेको छ ।
बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । प्राधिकरणले तीन वर्षपछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण/त्याग्न गर्न सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका अनुसार एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको हो । बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।
बीमितले आफ्नो आर्थिक गर्जो टार्न पनि यस्तो कर्जा लिने गरेका छन् । आर्थिक समस्या सामाधान गर्न तथा साना तथा घरेलु व्यवसाय गर्न पनि बीमितले यस्तो कर्जा लिने गरेको कम्पनीहरु बताउँछन् । कतिपयले कर्जा लिएर सुरु गरेको व्यवसायबाट आम्दामनी गरि बीमा शुल्क तिर्न र किर्जाको किस्ता समेत बुझाउने गरेको उनीहरुको भनाई छ ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेकको बीमालेख धितो कर्जा बढेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको यस्तो कर्जा ८.४० प्रतिशत बढेर ३३ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ पुगेको छ । दोस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि २२ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रदान गरेको छ । यता, नेशनल लाइफले पनि ९ महिनामा ११ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको देखिन्छ । बीमालेख धिर्ता कर्जा सन नेपाल, रिलायवल र सिटिजन लाइफको उच्च दरमा वृद्धि भएको छ । समिक्षा अवधिमा यी कम्पनीहरुको यस्तो कर्जा क्रमशः २२.२० प्रतिशत, २१.८८ प्रतिशत र २१.२० प्रतिशत बढेको छ ।
बीमालेख धितोमा कुन कम्पनीले कति दिए कर्जा ?

यता, कम्पनीहरुले बीमालेख धितो कर्जामा गरेका लगानीबाट हुने आम्दानी पनि बढेको छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत मध्ये बीमालखे धितो कर्जा पनि एक हो । जुन पछिल्लो समय कम्पनीहरुको आम्दानी नयाँ माध्यम समेत बनेको छ । समिक्षा अवधिमा कम्पनीहरुको यस्तो आम्दानी १६.४२ प्रतिशत बढेर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको तेस्रो त्रैमासमा पनि कम्पनीहरुले बीमालेख धितोकर्जाबाट ५ अर्ब ५६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
बीमालेख धितो कर्जा लगानीबाट हुने आम्दानी कुनको कति ?
