एनएलजी इन्स्योरेन्सलाइ हकप्रद सेयर निस्कासनको अनुमति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई १००ः६६ अनुपातमा हकप्रद सेयर निष्कान गर्न अनुमति दिएको हो ।
कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।