बाढी पहिरो क्षतिः बीमा कम्पनीले साढे १० अर्ब भुक्तानी गर्न बाँकी, हालसम्म कसले कति दिए ? « Arthapath.com
४ माघ २०८१, शुक्रबार

बाढी पहिरो क्षतिः बीमा कम्पनीले साढे १० अर्ब भुक्तानी गर्न बाँकी, हालसम्म कसले कति दिए ?



काठमाडौं । गत असोजमा आएको बाढी तथा पहिरोले पुर्याएको क्षति उपर बीमा कम्पनीहरुमा झन्डै १३ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ ।

असोज १० गतेदखि आएको बाढी तथा पहिरोका कारण ठुला जलविद्युत परियोजना, पूर्वाधार, सवारी साधान, घर तथा पसलहरुमा व्यापाक क्षति पुर्याएको थियो । त्यसको क्षति उपर बीमा कम्पनीहरुमा १२ अर्ब ७९ करोड ५ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार कुल ३ हजार ७०१ वटा दावी पेश भएको हो । यो गत पुस २४ गतेसम्मको तथ्याङ्क हो । त्यसमध्ये १ हजार ९२६ वटा दावीमा १ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । तर, अझै १ हजार ८५४ वटा दावीमा १० अर्ब ७२ करोड ४ लाख रुपैयाँ भुक्तानी हुन् भने बाँकी देखिएको छ ।

प्राधिकरणका अनुसार बाढी पहिरोको क्षति उपर सम्पत्ति बीमा अन्तर्गत ९ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बरारको १ हजार ७८२ वटा दावी पेश भएका थिए । त्यसमा बीमा कम्पनीहरुले भने १ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । तर, अझै ७ अर्ब ६७ करोड ९१ लाख भने भुक्तानी हुन् बाँकी देखिएको छ ।

समिक्षा अवधिमा मोटर बीमा अन्तर्गत निर्जी तर्फ १७ करोड ७३ लाख र सार्वजनिक तर्फ १९ करोड २२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । कम्पनीहरुले मोटरमा बीमामा अझै ३३ करोड ३४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ ।

यस्तै, इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत ८ करोड ५६ लाख, सामुन्द्रिक बीमा १ करोड ६९ लाख, पशुपन्छी बीमामा ५४ लाख, कृषि बालि बीमामा ७७ लाख र विविध बीमामा ३२ लाख रुपैयाँ दावी भुक्तानी दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी पहिरोबाट पुर्याएको क्षति उपर सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले भुक्तानी दिएको छ । सो अवधिमा शिखर ३५ करोड ७६ लाख रुपैयाँ भुक्तानी दिएको छ । तर, अझै कम्पनीले ७८ करोड ५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी देखिन्छ ।

यता, सिद्धार्थ प्रिमियरले ३४ करोड ७८ लाख, सगरमाथा लुम्बिनीले २४ करोड १३ लाख, आइजीआई प्रुडेन्सियलले १६ करोड ३२ लाख, सानिमा जिआइसीले १६ करोड २ लाख, युनाईटेड अजोडले १५ करोड ९८ लाख, नोकोले १३ करोड ९७ लाख, एनएलजीले १० करोड २ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

अन्य कुन कम्पनीले कति दिए भुक्तानी, कति बाँकी ?


प्रतिक्रिया दिनुहोस्