अन्तरदृष्टी नेपाललाई ओरिएण्टल इन्स्योरेन्सको १० लाख सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीद्वारा सामाजिक उत्तरदायित्वअर्न्तगत नगद १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ ।
आफनै नातेदार तथा अन्य व्यक्तिहरुबाट बलात्कृत महिला तथा बालबालिकाहरुको उद्यार गृह ललितपुर स्थित अन्तरदृष्टी नेपाललाई पिडितहरुको पालन पोषण तथा पढाई लेखाईको कार्यमा सहयोग पुगोस भन्ने हेतुले यो सहयोग प्रदान गरिएको हो ।
यस कम्पनीका नेपाल स्थित कार्यालयका प्रमख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्न भएको थियो । चेक हस्तान्तरण कार्यक्रमा बिमा कम्पनीका उप प्रमख कार्यकारी अधिकृत सिरिसा मारुजोला तथा प्रबन्धक सूर्य कृष्ण मानन्धरको समेत उपस्थिती थियो ।
उक्त अवसरमा प्रमख कार्यकारी अधिकृत टी. चक्रवर्तीले पिडित महिला तथा बालबालिकाहरुको निस्वार्थ रुपमा उद्यार तथा जीवन यापनको कार्यमा सहयोग गर्दै आईरहेको सामाजिक संस्था अन्तरदृष्टी नेपालका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै सानो प्रयास स्वरुप यो सहयोग उपलब्ध गर्न पाएकोमा खुसि व्यक्त गरे ।