सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ : विभिन्न स्थानमा बाँड्यो सिरक र न्यानो कपडा « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ : विभिन्न स्थानमा बाँड्यो सिरक र न्यानो कपडा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा सिरक तथा न्यानो कपडा वितरण गरेको छ ।

जाडोलाई मध्यनजर गर्दै कम्पनीले सूर्यज्योतिको “जीवनको लागि न्यानो साथ“ अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा बितरण गरेको हो ।

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक “न्यानोपन“ लाई आत्मसात गर्दै देशभर बढिरहेको चिसोको कहरबाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो ।

कम्पनीले प्रदेश २ अन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरुको लागि २२ वटा ज्याकेट र जनकपुर स्थित नारायण बाबा दलित, जनजाति स्कुलका बिद्यार्थीहरुका लागि ४६ वटा गरि ६८ वटा न्यानो ज्याकेट बितरण गरेको छ ।

यस्तै, बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुनस्र्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरुका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गत बागलुङ्ग जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुँ, दहपानी अवस्थित बालग्राम आधारभूत बिद्यालयका बिद्यार्थीहरुका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरिएको छ ।

यता, लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्ला अन्तर्गत महाराजगंज नगरपालिका वडा नं. १०, हदौना क्षेत्रका अति बिपन्न ५०० परिवारहरुलाई ५०० वटा न्यानो सिरक वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्