६ महिनामा जीवन बीमा कम्पनीहरूको नाफा साढे ३ अर्ब, कुनले कति कमाए ? « Arthapath.com
१ फाल्गुन २०८१, बिहीबार

६ महिनामा जीवन बीमा कम्पनीहरूको नाफा साढे ३ अर्ब, कुनले कति कमाए ?



काठमाडौं । चालु आर्थिक वर्षको त्रैमासमा जीवन बीमा कम्पनीहरूले खुद नाफा बढाएका छन् । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १४ जीवन बीमा कम्पनीले नाफा १४.८५ प्रतिशतले बढाएका हुन् ।

यो अवधिसम्म हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा कम्पनीको नाफा ३ अर्ब ३ करोड ७२ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

१४ जीवन बीमा कम्पनीमध्ये दुई वटा कम्पनीको नाफा घटेको छ भने १२ वटाको बढेको छ । सन् नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी नाफा घटेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्म कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा ५१.७ प्रतिशतले बढाएर ३५ करोड ३ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २३ करोड ९ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको नाफा ९.४० प्रतिशतले बढेर २७ करोड ९१ लाख ४० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म आइएमई लाइफ इन्स्योरेन्सले नाफा १४.१२ प्रतिशतले बढाएर २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आवको सोही अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५६.५५ प्रतिशतले बढेर पुस मसान्तसम्म २५ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्म २३ करोड १६ लाख ८९ हजार रुपैयाा नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा ८६.७८ प्रतिशतले बढेर २३ करोड ९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

मेट लाइफ इन्स्योरेन्सको नाफा १४.८१ प्रतिशतले बढेर २२ करोड २५ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १९ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३.३६ प्रतिशतले बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३.४९ प्रतिशतले बढेर १८ करोड २५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तमा कम्पनीले १७ करोड ६४ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशनले पुस मसान्तसम्म नाफा ३.८१ प्रतिशतले बढाएर १४ करोड १८ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

सन् नेपाल लाइफको नाफा १४ प्रतिशतले घटेर २८ करोड २२ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा ४३.६ प्रतिशतले घटेर ८ लाख ६५ हजारमा सीमित भएको छ । गत आवको पुस मसान्तमा १ करोड ४२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्