सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । फागुन १२ गते बसेका कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-०८१ को नाफा सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।