हालसम्म कति वटा बीमा कम्पनीले घोषणा गरे लाभांश ? कसको बोनस र नगद कति ?

काठमाडौं । बीमा क्षेत्रका एक दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म १२ वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
हालसम्म जीवन बीमा तर्फ ६ वटा र निर्जीवन बीमा तर्फ पनि ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ती बाहेकका अन्य कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ ।
निर्जीवन बीमा तर्फ सिद्धार्थ प्रिमियर, शिखर, सानिमा जिआइसी, आइजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्टले लाभांश घोषणा गरेका छन् ।
गत आवको मुनाफाबाट सिद्धार्थ प्रिमियरले आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै, शिखर इन्स्योरेन्सले भने १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५ प्रतिशत लाभांश दिने भएको छ ।
यो वर्षका लागि सानिमा जिआइसीले ७.५ प्रतिशत नगद र ०.३९ प्रतिशत नगद गरि ७.८९ प्रतिशत लाभांश दिने भएको हो । यस्तै, नेपाल इन्स्योरेन्सले पनि १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभाशं दिने भएको छ । यता, आइजीआई प्रुडेन्सियलले ९.७४ प्रतिशत नगद दिने भएको छ । गत आवको मुनाफाबाट एभरेष्ट इन्स्योरेन्सले पनि ८.७५ प्रतिशत नगद लाभांश मात्रै दिने भएको हो ।
यता, जीवन बीमा तर्फ पनि सानिमा रिलायन्सल लाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई, हिमालयन र सिटिजन लाइफले लाभांश घोषणा गरेका छन्।
यो वर्षका लागि सानिमा रिलायन्सले १.२४ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कुल ९.२४ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, सूर्यज्योति लाइफले पनि आफ्ना सेयरधनीलाई यो वर्ष २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यता, नेपाल लाइफले भने १० प्रतिशत र ११.१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, गत आवको मुनाफाबाट आइएमई लाइफले पनि आफ्ना सेयरधनीहरुलाई २१.१ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । यता, हिमालयन लाइफले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
त्यसैगरि गरि गत आवको मुनाफाबाट सिटिजन लाइफले पनि २८.४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद लाभांश दिने भएको हो ।