क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारण सभा सुर्खेतमा, दुई संकालक निर्वाचित

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ ।
सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए ।
सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
सभाबाट संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
त्यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०÷०८१ को नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा श्री जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।
त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र श्रीमती सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।
सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे ।