एनएलजी इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्सले २.६३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट सो लाभांश पारित गरेको हो ।
कम्पनीले यो वर्ष हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
सभाबाट २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरबको नगद लाभांश अनुमोदन गरेको हो ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियमनकारी निकायले कुनै फेरबदल गर्न सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।
यसका साथै सञ्चालक समितिको बैठक भत्ता र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।