लघुवित्तले पैसा मात्र दिएर पुग्दैन, वित्तिय साक्षरता पनि दिनुपर्छ « Arthapath.com
१९ माघ २०७६, आईतवार

लघुवित्तले पैसा मात्र दिएर पुग्दैन, वित्तिय साक्षरता पनि दिनुपर्छ



ज्योतिचन्द्र ओझा, सिईओ, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी)

बाणिज्य बैंकको सिईओमा मेरो दावेदारी समय आएपछिमात्रै बोल्छु

आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको जन्म डेढगाउँ नवलपरासीमा भएको हो । चितवनको रामपुर क्याम्पसबाट एग्रिकल्चरमा बिएस्सी गर्नुभएका ओझाले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमबिए गर्नुभएको हो भने उहाले फिलिपिन्स, लक्जेम्वग, जर्मनी, बंगलादेश र भारतमा कृषि तथा ग्रामीण कर्जा र लघुवित्त सम्बन्धी अध्ययन गर्नुभएको छ । २०४० सालमा राष्ट्रिय वाणिज्य बैंकमा लघुवित्त कार्यक्रम हेर्नेगरि सातौं तहको अधिकृतमा नियुक्त भएर जागिरे जीवन सुरु गर्नुभएका ओझाले उक्त बैंकमा ३० वर्षसम्म काम गर्नुभयो । उहाँ २०७० साल माघमा राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त हुनुभएको हो । वाणिज्य बैंकमा कार्यरत छँदा नै २०५१ सालमा नेपालगञ्जमा ग्रामीण बिकास बैंक स्थापना भएपछि उहाँले त्यसको पहिलो सिइओको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । वाणिज्य बैंकमा आफ्नो जागिरे जीवनको उत्तराद्र्धतिर उहाँले नेको इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्षको रुपमा साढे दुईवर्ष काम गर्नुभयो । बैंकिङ, लघुवित्त र बीमा क्षेत्रमा पर्याप्त अनुभव संगाल्नुभएका ओझाले २०७१ असोज १ देखि आरएमडिसीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको हो । प्रस्तुत छ, ओझासँगको संक्षिप्त वार्तालाप ः–

आरएमडिसीको मुनाफा त घटेछ नी ग्रोथ रोकिएको हो ?

अहिले देखिएको मुनाफा घटेको भनेको सर्ट ट्रम हो । अहिले बजारमा ब्याजदरको कारणले ग्रोथ सोचेजती भएको छैन । अर्को क्वाटरमा रिकभर भैहाल्छ । पहिले जुन व्याजदर थियो हाम्रो लोन लिने होलसेल पार्टनरहरुले विजनेश गर्न हिचकिचाएकाले केही घटेको जस्तो देखिएको हो । अहिले हामीले फेरी नयाँ प्रोडक्ट अर्थात नयाँ स्किम ल्याएका छौं । साथै कृषि पशुपालन र नविकरणीय उर्जाको लागी नयाँ व्याजदरसहितको नयाँ प्रोडक्ट ल्याएका छौं । यसले गर्दा हाम्रो ग्रोथ राम्रो हुन्छ ।

तपाई दुईपटक सिईओ हुनुभयो, तर तपाँईलाई विजनेश बढाउन नसकेको आरोप छ नि ?

त्यस्तो ग्रोथ नभएको भन्ने होइन । यो क्वाटरमा अलिअलि घटेको हो । म आएको झण्डै ५ वर्ष पुग्यो त्यस अवधिको वित्तिय विवरण हेर्नुभए सबै थाहा हुन्छ ।

आरएमडिसीले जीवन विकास लघुवित्तमा रहेको शेयर बिक्रि गर्दा पारदर्शी काम नगरेको पनि आरोप छ नि ?

छैन् एकदम पारदर्शी नै छ । जीवन विकासमा हाम्रो शेयर थियो । नेपाल राष्ट्र बैंकको क्रश होल्डिङ्गकरण गर्न नपाउने नीति अनुसार हामीले जीवन देव विकासलाइ नै हाम्रो शेयर बेच्दीन भनेका हौँ र जीवन विकासले आरएमडिसीको केहि सहभागिता छैन हामिले थोरै मुल्य निर्धारण गरेर थोरै मुल्य अन्तरगत नघट्ने गरि बिक्रि गर्नको लागी जिवन विकासलाइ भनेको हौँ । जीवन विकासले सुचना निकाल्यो त्यहि आधारमा जसले बढि कवुल गरेका छन् त्यसैलाइ दिएको छ । हामी समावेश भएका पनि होईनौँ । हामीले तोकेको भन्दा बढि मुल्य आयो । त्यसमा हामी फसेका पनि छैनौँ ।

किन फरवार्ड लघुवित्तमा रहेको क्रस होल्डीङ घटाउन के हुदैछ ?

फरवार्ड लिस्टीङमा भएकोले हुनाले लिस्टीङ भएको ३ वर्षं सम्म वेच्न नपाइने छ । धितोपत्र बोडको अनुसार फागुनमा ३ वर्ष पुरा हुन्छ । त्यसैले हामी फागुन पछि मात्रै बेच्न पाउछौं । त्यसका लागी प्रक्रिया अगाडि बढाउने छौँ र बजारमा पनि बिक्रि गर्छाैं ।

लघुवित्तहरुको पुँजी कम रहेको चर्चा छ, विजनेस अनुसार आर.एम.डि.सी को कम भएको होइन ?
विजनेस अनुसार आर.एम.डि.सीको पुँजी कम छैन् । अहिले कै पुँजीमा हामीले धेरै विजनेस गर्न सक्छौ, त्यो क्षामता छ र हामीले निरन्तर पुँजी पनि वृद्धि गदै गएका छौं । जस्तो वोनस शेयर दिएर गरिराखेका छौं । झण्डै १ अर्व पुँजीको हाराहारीमा पुगेको छ र यो पनि हामी बढाउदै जान्छौं ।

साना किसान आर.एम.डि.सी मर्ज हुने कुरा गर्छन् नि ?
मर्जको खासै आवश्यकता छ जस्तो लाग्दैन । रिटेलमा चाँहि अली संख्या धेरै भयो भनेर साना किसानको चाँहि आफ्नै फिल्ड छ । उसले साना किसानहरुलाइ मात्रै होल्सेल लोन दिन्छ र साना किसानहरु कै शेयर होल्डीङमा स्थापना भएको हो । हामीले अरु लगुवित्तहरु र माइक्रो फाइनानसहरुलाइ पनि दिएका छौँ । साना किसानहरुलाइ पनि हामीले दिएका छौँ । एउटा संस्था मात्रै भयो भने फेरी मोनोपोली होला । २ वा ३ वटा संस्था त चाँहिन्छ होला । त्यसैले अहिले सम्म त ठिकै ठिकै छ तुरुन्तै मर्ज गरिहाल्नु पर्ने अवस्था छैन ।

यति पुरानो र ठुलो बैंकहरुको प्रोमोटर रहँदा पनि यसलाइ नया खोलेका कम्पनिले भेट्टाइ सके नि ?
हाम्रो काम होलसेल ल्याण्डिङ गर्ने हो । हाम्रो काम विजनेसको नेचर चाँहि फरक छ । नया–नया कम्पनीहरुले कोहि अगाडि बढेका छन् । हाम्रो होलसेल गर्ने लक्ष्य छ, त्यसकारणले अघि बढेका छौं । यसको कामको नेचर फरक हो भन्ने बुझ्नु जरुरी छ ।

तपाईँ यहाँ आए पछि के के गर्नुभयो ?
हाम्रो पार्टनर संस्थाहरु छन् । उनिहरुलाइ स्तरीय सेवा दिनको लागी, छिटो छरितो थोक कर्जा दिने, थोक दिई क्षामता विकास गर्ने र विकासका कामहरुलाइ अघि बढाएका छौँ । पहिले देशभरिका पार्टनरहरुलाई काठमाण्डौबाटै सेवा दिइन्थो तर अहिले पूर्वमा इटहरी र पश्चिममा कोहलपुरमा शाखा खोलेका छौ र यो सक्षम परियोजनाको सहयोगमा र त्यो क्षेत्रमा सुलभ ढंगवाट हाम्रो पार्टनरहरुलाई उपलब्ध गराईरहेका छाँै । त्यसैगरी हामीले तालिमहरु र पार्टनरहरुलाई प्रशिक्षण दिने कामहरु निरन्तर रुपमा अगाडि बढाएका छौँ र थोक कर्जाहरु सुलभ ढंगवाट उपलब्ध गराउन विभिन्न निकायहरुसंग सहकार्य गरिराखेका छौँ । अव हामीले आइ.एप.सी संग लोनको लागी अगाडि बढाउने योजना पनि बनाएका छाँ । उहाँहरुसंग क्यापासिसिटि डेब्लबमेन्टको लागी पनि सहकार्य गरि गरिरहेका छौँ । हामीले एउटा प्रतिस्पर्धी रुपले स्तरीस सेवा रिटेलको लागी दिईरहेका छौं ।

लघुवित्तहरु पटि धेरैको गुनासो छ, ब्याजदर बढि भयो भन्ने बढीनै भएको हो त ?

संसारको अरु देशमा हेर्ने हो भने नेपालमा लघुवित्तहरुको व्याजदर कम छ । हामीले लगुवित्तलाई अरु कर्मसियल बैंकहरुले दिने कर्मसियल कारोबार दाजेर हेछौ, त्यो गर्दा चाहि बढि भयो कि भन्ने कुरा आउँछ । लघुवित्त भन्ने वित्तिकै पछाडि परेका मान्छेहरु, अरु बैंकीङले नसमेटेका मान्छेहरु, गरिबहरु बिचमा जाने हुनाने हामीले पैसा मात्र दिएर हुदैन् । वित्तिय साक्षरता दिनु पर्ने हुन्छ । त्यो पैसा कसरी ह्याण्डेल गर्ने, कसरी फजुल खर्च कम गर्ने भन्ने कुराहरु सिकाउनु पर्ने हुन्छ र हामीले उनिहरु कै घर दैलोमा सेवा दिइराखेका छौँ । उनीहरु वित्तिय क्षेत्रमा आइराख्नु पर्दैन, समुहहरु हुन्छ । त्यहाँ कै सदस्यहरुको निर्णयको आधारमा हामीले कर्जा दिन्छौ । त्यहाँ चाँहि कर्जा उपलब्ध गराउँछौं । हामीले निरन्तर रुपले अनुगमन गर्छाै । त्यो कर्जालाइ सदुपयोग गराउनको लागी हामीले कामहरु गर्छाै । त्यो कामको कारणले अरु कर्जाको तुलनामा ब्याज बढि भएको हो । कम्पीटिब्ली यो बढि होइन कम नै हो ।
गरीब विपन्न वर्गमा हामीले छिटो छरितो कर्जा दिनु पर्ने हुन्छ । दैनिक ज्यालादारी गरेर खाने मान्छेले दशौं दिन बैंकमा पैसा लिन आउनु पर्ने भयो भने उसको दशौ दिनसम्मको ज्याला हिसाब गर्ने हो भने बढि हुन जान्छ । हामीले उनीहरुलाइ घरदैलो मै त्यो सेवा उपलब्ध गराएका हुन्छौ । त्यसको लागि वित्तिय संस्थाहरुलाइ पनि खर्च धान्नु पर्ने हुन्छ । त्यसले गर्दा वित्तिय संस्थाहरुलाई एकदम प्रेसर परिरहेको छ । मार्जेन बढाउने र ग्राहकहरुलाइ पनि उनीहरुले खास तिरिरहेको रकम बढि होइन किनभने उनीहरुले घरदैलोमै सेवा सुविधा पाइरहेका छन् । जसले त्यो सेवा लिएका छैनन् यसले ब्याज बढि भयो भनेर भन्ने गर्दछन् । यदि तपाईले जसले यो सेवा लिएका छन् उनीहरुलाई सोध्ने हो भने त्यो पक्कै फरक पाउनुहुन्छ ।

तपाईको लघुवित्तको संख्या धेरै भएन र ?
रिटेल गर्नुपर्ने लघुवित्तको संख्या धेरै भएको कुरा सबै स्टेक होल्डरहरुले महशुस गरेका छन् । अव यसलाई कन्सुलुटेसन र मर्जरको लागि राष्ट्र बैंक पनि प्रक्रिया चलाईरहेको छ । एउटै ठाउँमा धेरै वित्तिय संस्था हुने, एउटै ब्यक्तिलाई धेरै संस्थामा मेम्बर बनाउने र धेरै ठाउँवाट लोन प्रभाह हुँदा ओभर फाईनान्सिङ हुने, ओभर ईन्डेटिभ हुने र उनीहरुले थेग्न सक्ने भन्दा बढि क्रण हुने भएकाले लघुवित्त संस्थाहरु आलोचित हुनुपरेको छ र यसलाई समाधान गर्नको लागि मर्जर गर्न आवश्यक रहेको छ ।
एकातिर संख्या धेरै भयो भन्ने अर्काेतिर राष्ट्र बैंकले अझै लाईसेन्स बाडिरहेको छ नि ?

पुरानो आएको निवेदनलाई टुंगो लगाएको हो तर नया निवेदन लिने गरेका छैनौ ।

लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्ने भन्ने चर्चा छ हो ?

हो, त्यो चर्चा मैलेपनि सुनेको छुँ, त्यो भयो भने एउटा नया ढोका चाँही खुल्छ । यसरी परिमार्जित भएर आउँदा हामी जस्ता संस्थाहरुलाई लाई अवसर होला भन्ने मलाई लाग्छ ।

आरएमडिसिको आगामी योजना के छ ?
आरएमडिसिले आगामी दिनमा विभिन्न निकायबाट अलि शुलभ दरमा फण्डहरु जुटाउने र हाम्रा पाट्नरहरुलाई कम ब्याजदर र विना झण्झट क्रण उपलबध गराउने र यसका साथसाथै उनीहरुको क्षमता विकासमा समेत सहज बनाउने, विभिन्न निकायहरुसंग सहकार्य गरेर सरकारी गैरसरकारी र अन्तराष्ट्रिय निकायहरुसंग सहकार्य गरेर साझेदारी संस्थाहरुलाई सर्वशुलभ ढंगवाट कर्जा उपलब्ध गराउने योजना रहेको छ ।


हो, त्यो चर्चा मैलेपनि सुनेको छुँ, त्यो भयो भने एउटा नया ढोका चाँही खुल्छ । यसरी परिमार्जित भएर आउँदा हामी जस्ता संस्थाहरुलाई लाई अवसर होला भन्ने मलाई लाग्छ ।

आरएमडिसिको आगामी योजना के छ ?

आरएमडिसिले आगामी दिनमा विभिन्न निकायबाट अलि शुलभ दरमा फण्डहरु जुटाउने र हाम्रा पाट्नरहरुलाई कम ब्याजदर र विना झण्झट क्रण उपलबध गराउने र यसका साथसाथै उनीहरुको क्षमता विकासमा समेत सहज बनाउने, विभिन्न निकायहरुसंग सहकार्य गरेर सरकारी गैरसरकारी र अन्तराष्ट्रिय निकायहरुसंग सहकार्य गरेर साझेदारी संस्थाहरुलाई सर्वशुलभ ढंगवाट कर्जा उपलब्ध गराउने योजना रहेको छ ।

अव हुने राष्ट्रिय बाणिज्य बैंकको सिईयोका लागि पनि तपाईको नाम पनि चर्चामा छ यो सहि हो ?

त्यस्तो विषयमा मैले हालको लागि सोचेको छैन् । बाणिज्य बैंकको सिईओमा मेरो दावेदारी समय आएपछिमात्रै बोल्छु ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्