नेपाल राष्ट्र बैंकको कार्वाहीमा ४ बैंक « Arthapath.com
२० माघ २०७६, सोमबार

नेपाल राष्ट्र बैंकको कार्वाहीमा ४ बैंक



काठमाडौं । राष्ट्र बैंकले पहिलो पटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको आरोपमा सिटिजन्स बैंकलाई २० लाख रूपैयाँ तिराइएको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्ल्ङ्घन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ तर पहिलोपटक भएकाले २० लाख तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कर्जा स्रोत परिचालन अनुपात कायम गर्न नसकेकोमा सिभिल बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ, सेञ्चुरी बैंकले ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना तिरेको छ । सेञ्चुरी बैंकले दोस्रोपटक पनि यही शीर्षकमा ४२ लाख ८ हजार ८ सय २० रूपैयाँ जरिवाना तिरेको थियो । यसैगरी प्राथमिकता प्राप्त क्षेत्र कर्जामा तोकिएको सीमाअनुसार ऋण नदिएको भन्दै नेपाल बंगलादेश बैंकलाई पनि सबैभन्दा बढि ४ करोड १ लाख ३२ हजार रूपैयाँ जरिवाना तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्