सेयर बजार खुला गर्न अर्थ मन्त्रालयको निर्णय पर्खिदै « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

सेयर बजार खुला गर्न अर्थ मन्त्रालयको निर्णय पर्खिदै



काठमाडौं । सरकारले लकडाउन थप गरेसंगै सेयर बजार खुला गर्ने की नगर्ने भन्ने निर्णय हुन सकेको छैन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताए ।

सेयर बजार खुला गर्ने वा नगर्ने भन्नेमा अर्थ मन्त्रालयले कुनै निर्णय पठाउन नसकेको उनले बताए । बुधबारको मन्त्रीपरिषद्को बैठकले धितोपत्र बजार खुलाउने व्यवस्था गरेपनि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय नआएकाले अहिलेसम्म बजार खुलाउने निधो नभएको अध्यक्षले ढुंगानाले बताए । अर्थ मन्त्रालयले खुला गर्ने वा नगर्ने भन्ने निर्णय गरेपछि हामी त्यसै अनुसार जानुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्