अर्थमन्त्रीले भने एमसिसि पास भएमात्रै बजेट दिइने
काठमाडौं । अर्थमन्त्री डा. युवाज खतिवडाले एमसिसि पास भएमात्रै सरकारले छुट्याएको बजेट निकासा हुने बताएका छन ।
आज संसदमा बजेटका सन्र्दभमा उठेका प्रश्नहरुको जवाफ दिँदै एमसिसि संसदले पास गरे मात्रै त्यस सिर्षकमा निकासा भएको बजेट कार्यन्वयन हुने बताएका छन । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को सम्झौता संसदले पास गरेमात्रै लागु हुने बताएका छन । सरकारले एमसिसि पासगर्नु पुर्व नै ।
अर्थमन्त्रीले वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । सरकारमा रहेको दल नेकपा भित्रै एमसिसिलाई लिएर विवाद छ । बजेटको पर्षिपल्टै एमसिसिको विषयलाई लिएर नेकपाको सचिवालय बैंठकमा अर्थमन्त्री र पररामष्ट्र मन्त्रीको स्पष्टिकरण मागिएको थियो ।