बढी मुल्यमा मास्क बेच्ने दुई व्यापारिक फर्मलाई कारवाही
काठमाडौं । सर्जिकल मास्क बढी मुल्यमा विक्री गरेपछी मास्क बेच्ने व्यापारीक फर्मलाई कारवाही गरीएको छ ।
कोरोना महामारीको समयमा पनी उपभोक्ता हित विपरीतका आफखुशि गतिविधि गरेकाले काठमाडौंको क्लिन टेक प्र ली र खाद्यान्नको कारोबार गर्ने मैतीदेवीको मालारानी ट्रेडिङको पसल र गोदाम सिल गरेको छ ।
नियमित बजार अनुगमनका क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले क्लिन टेकले तोकीएको भन्दा बढी मूल्य लिइ सर्जिकल मास्क बेचेको भेटिएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
त्यस्तै खाद्यबस्तुको कारोबार गर्ने मैतीदेवीको मालारानी ट्रेडिङको पसल र गोदाम पनी सिल गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरीक्षण अधिकृत ध्रुव खनालको नेतृत्वमा बुधबार बजार अनुगमन गरेको थियो ।