सजिलो मिल्सको अनलाईन फुड डेलिभरी भोलीदेखि सुरु « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

सजिलो मिल्सको अनलाईन फुड डेलिभरी भोलीदेखि सुरु



काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा र्पुयाउने उद्देश्यले सजिलो मिल्स प्रा।लि। मंगलबारबाट आफ्नो कारोबार संचालन गर्ने छ ।


कम्पनीले पहिलो चरणमा काठमाण्डौ भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा र्पुयाउने लक्ष्य लिएको बताएको छ ।
हाल सम्म ३५ वटा रेष्टुरेन्ट संग यस सम्बन्धी संझौता भइसकेको जनाएको छ ।


दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा र्पुयाउने लक्ष्य बनाएको छ ।


। लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न लागेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्