शनिबार हालसम्मकै सर्वाधिक ५ हजार ८ जनामा काेराेेेेेेना संक्रमित, १४ जनाकाे ज्यान गयाे « Arthapath.com
२४ आश्विन २०७७, शनिबार

शनिबार हालसम्मकै सर्वाधिक ५ हजार ८ जनामा काेराेेेेेेना संक्रमित, १४ जनाकाे ज्यान गयाे



काठमाडाैं । शनिबार नेपालमा ५ हजार ८ जनामा काेराेना देखिएकाे छ । शनिबार सर्वाधिक धेरै संक्रमित देखिएका छन । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ। शनिबारै १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म काेराेना जितेर डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ।

काेराेनाले शनिबार एकै दिन १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र २ महिला छन्। कोरोनाबाट काठमाडाैं उपत्यकामा नै ६ जनाकाे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्