गठबन्धनमा नलाग्न उपेन्द्र यादवलाई महन्थको चेतावनी, बैकल्पिक सरकार गठनमा नलाग्ने जसपाको निर्णय « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

गठबन्धनमा नलाग्न उपेन्द्र यादवलाई महन्थको चेतावनी, बैकल्पिक सरकार गठनमा नलाग्ने जसपाको निर्णय



काठमाडौं । नयाँ सरकार गठनमा निर्णयक देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो पार्टी नलाग्ने निर्णय गरेको छ । साथै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव महागठबन्धनमा लागेको भन्दै ठाकुर पक्षले पार्टीको आधिकारीक धारणा राष्ट्रपतीलाई बुझाउन लागेको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वैकल्पिक सरकार बनाउन आफ्नो पार्टी लागिनपर्ने प्रष्ट सन्देश दिएका छन । कोही सांसदले व्यक्तिगत रुपमा नयाँ सरकारको पक्षमा लाग्ने भएपनि दलको आधिकारीक निर्णय आज राष्ट्रपतीलाई बुझाउन लागेको हो ।

हिजो सोमबार संसदमा प्रधानमन्त्रीको पक्षमा वा विपक्ष कुनैमा पनि मतदान नगरेको जसपाको ठाकुर पक्षले हिजै मध्यराती प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार नबन्ने प्रष्ट सँदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपती विद्यादेवी भण्डारीले हिजै संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागी दलहरुलाई आग्रह गरेकी छिन ।

जसपाको प्रथम अध्यक्ष रहेका ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पार्टी निर्णय विपरित लागेको भन्दै कारवाही गर्ने चेतावनी दिएका छन । जसपाका बरिष्ठ नेता राजन्द्र महतोले पनि आफुहरु ओली सरकारकै पक्षमा रहेको बताएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्