साधना लघुवित्तको काठमाडौमा पहिलो शाखा उद्घाटन « Arthapath.com
२३ आश्विन २०७८, शनिबार

साधना लघुवित्तको काठमाडौमा पहिलो शाखा उद्घाटन



काठमाडौँ । साधना लघुवित्तले काठमाडौँमा पहिलो शाखा उद्घाटन गरेको छ । लघुवित्तले आज एक कार्यक्रम गरी काठमाडौँमा पहिलो शाखाको रूपमा नागार्जुन शाखा कार्यालय उद्घाटन गरेको हो ।

शाखा कार्यालयको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले लघुवित्तले घरदैलोमा बैंकिङ्ग सेवा पुर्‍याउन भूमिका खेल्दै आएको बताए । राष्ट्र बैङ्कले नेपालमा क, ख, ग, घ वर्ग जस्ता संस्थाहरू नेपालमा कति वटा चाहीने हो प्रस्ट रूपमा अध्ययन गरेर नयाँ संस्थाको लाइसेन्स दिनुपर्ने बताएका छन् ।

लघुवित्तले यस वर्ष मात्र १४ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ४ वर्षअघि ६७ जना व्यक्ति, एनसिसि बैङ्क र साङ्ग्रिला विकास बैङ्क प्रमोटर रहेर साधनाको जन्म भएको बताए । कार्यक्रममा बोल्दै ४ वर्षमा ३६ जिल्लामा ९३ ओटा शाखा विस्तार गरिएको बताए । साधनाले ३ अर्ब ८० करोड कर्जा लगानी गरेको छ । साधनाले यसअघि आर्थिक समृद्धि लघुवित्तलाई अक्वायर गरेको हो । 

गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ७६ हजार भन्दा बढी ग्रामीण भेगका घरपरिवारलाई वित्तीय सेवा दिँदै आएको छ । कार्यक्रममा बोल्दै लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाले लघुवित्तको मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाए । अधिकासं गोरखालीको लगानी रहेको साधनाले १ वर्ष अघि नै सर्वसाधारणलाई आइपिओ जारी गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्