साताको पहिलो दिन आइतबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढ्यो « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

साताको पहिलो दिन आइतबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढ्यो



काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ७ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।शुक्रवार छापावाला सुनको प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन ९० हजार ८ सयमा कारोबार भएको थियो ।


आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सयमा कारोबार भइरहेको छ । शुक्रवार चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्