भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी२३ई स्मार्टफोन सार्वजनिक, कति पर्छ मुल्य ? « Arthapath.com
५ माघ २०७८, बुधबार

भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी२३ई स्मार्टफोन सार्वजनिक, कति पर्छ मुल्य ?



काठमाडौं । विश्व स्मार्ट फोनको बजारमा विश्वप्रसिद्ध फोन निर्माता कम्पनी भिभोले थुप्रै नवीन फिचरमध्येको एक रहेको ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई मोवाइल फोन सार्वजिनक गरेको छ ।

भी२३ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता र स्थिरता प्रदान गर्नुका साथै नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन ।

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल–भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटो÷भिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको कम्पनीको दावी छ ।

सधैं उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित भिभोले शानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ ।

५० मेगापिक्सेलको अटो फोकस पोर्ट्रेट सेल्फीले उत्कृष्ट रंग संयोजन तथा उच्च स्पष्टतायुक्त सेल्फी तयार पार्दछन् । नयाँ आई–अटोफोकसले व्यक्तिका आँखालाई निकै पारखका साथ ट्र्याक गर्दछन् जसका कारण प्रयोगकर्ताले फ्ल्याश बलेको बेला पनि रमणीय पलहरुलाई कैद गर्न सक्दछन् ।

अँध्यारो अवस्थामा पनि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेटका सहायताले फोटो लिन सक्दछन् भने मल्टि स्टाइल पोर्ट्रेट मोडले प्रयोगकर्तालाई अझ कलात्मक र रमाइला फोटोहरु लिन मद्दत गर्दछ । यसबाहेक, डुअल–भ्यू भिडियोले एकै पटक अगाडि र पछाडिको क्यामराले दुवै कोणबाट एडजस्ट गर्न सकिने आस्पेक्ट रेशियोसहितको अविस्मरणीय भिडियो खिच्न सहयोग पु¥याउँछ ।

शानदार अनुभव भिभोको व्यक्तिगत यूजरको आवश्यकतालाई मध्यनजर गर्दै निरन्तर रुपमा अपरेटिङ सिस्टम अपग्रेड गर्ने प्रयासस्वरुप नयाँ भी२३ई फनटनचओएस १२ मा चल्दछ । भी२३ईले एक्स्टेन्डेड र्याम २.० को सहायताले ८ जीबी+ ४ जीबी थप र्याम प्रदान गर्दछ । जसकारण आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसअघिका जेनेरेशनका उत्पादनहरुसँग दाँज्दा ४४ वाट फास्टचार्जको अधिकतम चार्जिङ पावर ३३ प्रतिशतले बढेको छ जसले १५ मिनेटमा १ बाट ४० प्रतिशत पुर्याउने र दिनभरी प्रयोग गर्दा पनि लामो समयसम्म ब्याट्री टिक्ने सुनिश्चितता थपिएको छ ।

भिभो भी सिरिजको पछिल्लो संस्करणका रुपमा रहेको भी२३ई नेपालमा १८ जनवरी अर्थात् आज सार्वजनिक भएको छ । यो डिभाइस २४ जनवरीसम्म प्रि–बूकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

कती पर्छ मुल्य ?
यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४, ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९, ९९९ रुपैयाँ तोकिएको छ । भी२३ई को मूनलाइट श्याडो एडिशनको बडीको मोटाई ७.३६ मिलिमिटर छ भने सनशाइन कोस्ट एडिशनको तौल ७.४१ मिलिमिटर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्