सुन तोलामा ३ सय रुपैयाँले घट्यो « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

सुन तोलामा ३ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्