ओमी मल्टीप्रपोज बजार ब्यवस्थाको साधारण सभा बैशाख २५ गते, के के छन् एजेण्डा ? « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

ओमी मल्टीप्रपोज बजार ब्यवस्थाको साधारण सभा बैशाख २५ गते, के के छन् एजेण्डा ?



काठमाडौं । ओमी मल्टीप्रपोज बजार ब्यवस्था कम्पनी लिमिटेडको बार्षिक साधरण सभा बैशाख २५ गतेका लागि बोलाएको छ । बैशाख ३ गते बसेको संचालक समितिको बैठकल रेनर्स हाई स्कूल नयाँ बानेश्वर काठमाडौंमा दिउँँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले वार्षिक साधारण सभाको लागि संचालन समितिको प्रतिवेदन पारि गर्नेका साथै गत आर्थिक वर्षको अवधिको लेखापरीक्षकको प्रतिवेदन सहित सो अवधिको नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८।०७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा रहेको छ ।

त्यस्तै, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी गर्ने र कम्पनीको उद्देश्य थप गर्ने लगायत अन्य ब्यवस्था समावेश गरी सो अनुरुप प्रबन्ध पत्र तथा नियमावलीका संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्