सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन २ सय रुपैयाँले घटेको सुन सोमबार भने तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्