सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
५ जेष्ठ २०७९, बिहीबार

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्