सुन तोलामा १ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
६ जेष्ठ २०७९, शुक्रबार

सुन तोलामा १ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्