शुक्रबार सुनचाँदीको मूल्य कस्तो ? « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

शुक्रबार सुनचाँदीको मूल्य कस्तो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारको दिन ४ सय रुपैयाँले घटेको सुन आज भने २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन भने सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्