स्वस्थ शिशु जन्माउन मदिरा सेवन नगरौँ « Arthapath.com
२८ जेष्ठ २०७९, शनिबार

फेटल अल्कोल सिंड्रोम

स्वस्थ शिशु जन्माउन मदिरा सेवन नगरौँ



पछिलो समय हाम्रो समाजमा मदिरा सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएको छ । मदिरा सेवनले स्वास्थ्यमा गम्भीर असर भए तापनि गरिबी, बेरोजगार, अशिक्षित, कमजोर नीति–नियम, धार्मिक महत्वका कारण मदिरा सेवन नेपालमा बन्देज छैन, खुलाजस्तै रहेको छ ।

गर्भावस्थामा आमाले मदिरा सेवन गर्दा बालबालिकामा देखापर्ने विभिन्न समस्यालाई फेटल अल्कोल सिंड्रोम भनिन्छ । स्वयम् आमालाई मात्र नभई मदिरा सेवनले गर्भमा रहेको भ्रूणको शारीरिक तथा मानसिक विकासमा असर गर्छ । गर्भावस्थामा आमाले मदिरा सेवन गर्नु भ्रूणका लागि विष नै हो । फेटल अल्कोल सिंड्रोम भएका बालबालिकामा फरक शारीरिक संरचना छोटो नाक, पातलो ओठ, सानो परिधिको टाउको हुन्छ । विभिन्न अङ्ग, आँखा, कान, मुटु, मिर्गौला, मस्तिष्कको समस्या देखिनुका साथै संज्ञानात्मक हानि, असामान्य व्यवहार, सिक्ने अक्षमता देखिन्छ ।

लामो समयसम्म मदिरा सेवन गर्दा गर्भपतन, नौ महिनाअघि नै शिशु जन्मिनु, मृत शिशु जन्मिनु साथै आमाको स्वास्थ्यमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल तथा मानसिक समस्या देखिन्छ । गर्भावस्थामा आमाले प्रयोग गर्ने औषधि आमाको प्लेसेन्टाबाट पास भई भ्रूणको रगतमा पुगी उसको अङ्ग विकासमा असर गर्छ । आमाले कुनै औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्छ । मदिरा सेवन नगरौँ र स्वस्थ शिशु जन्माऔँ ।

(लेखक : कायरो विश्वविद्यालयको कसर अल ऐनी हस्पिटल कायरो, इजिप्टमा इन्टर्नसिप गर्दै छन्, साथै ऊनी ए.एन.एम.एस. (एसोसिएसन अफ नेपालिज मेडिकल इस्टुडेन्ट) कायरो, इजिप्टको अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस्