सुन तोलामा एक सय रुपैयाँले वृद्धि, प्रतितोला कति ? « Arthapath.com
१५ असार २०७९, बुधबार

सुन तोलामा एक सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । बुधबार सुन तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा काराबोर भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्