सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ? « Arthapath.com
१६ असार २०७९, बिहीबार

सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्