हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला कति ? « Arthapath.com
१० माघ २०७९, मंगलवार

हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज अर्थात २०७९ माघ १० गते हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्