सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो « Arthapath.com
१८ माघ २०७९, बुधबार

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १ लाख ५ हजार ८ सय रहेको सुनको भाउ आज बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको छ।

आज तेजावी सुनको कारोवार भने १ लाख ५ हजार ८ सय रुपैयाँमा भएको छ । चाँदीको मूल्य भने मंगलबारको तुलनामा तोलाको ५ रुपैयाँ मात्रा बढेको छ । आजको कारोबार भने १ हजार ३ सय ७० रुपैयाँ रहेका छ ।


प्रतिक्रिया दिनुहोस्