प्रतितोला २ हजार रुपैयाँले सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

प्रतितोला २ हजार रुपैयाँले सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन १ लाख ५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा १ हजार ३६५ रुपैयाँ किनबेच भएको महासंंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्