सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (बुधबार) छापावला सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको हो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्