आज सुन किन्नेलाई फाइदा, एकैदिन १ हजार रुपैयाँ सस्तियो भाउ « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

आज सुन किन्नेलाई फाइदा, एकैदिन १ हजार रुपैयाँ सस्तियो भाउ



काठमाडौं । सुनको भाउ सस्तिएको छ । बिहीबार एकैदिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । तर, बुधवार भने १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्