फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य फेरि घटेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाल ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । योसंगै आजका लागि छापवााला सुनको भाउ १ लाख ८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, साताको पहिलो कारोबार दिन चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई १ हजार ३६० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्