झन् महँगिन थाल्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

झन् महँगिन थाल्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन १ लाख ११ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर, आज बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ । तेजावी सुन मंगलबार भने ञ् लाख ११ हजार ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, सो दिन चाँदीको मूल्य भने स्थिर भएको छ । अघिल्लो दिन १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्