दशैंका लागि काठमाडौं ल्याइएको खसी बोका र च्यांग्रा बिक्री सुरु, प्रतिकेजी कुनको कति तोकियो मूल्य ? « Arthapath.com
२० आश्विन २०८१, आईतवार

दशैंका लागि काठमाडौं ल्याइएको खसी बोका र च्यांग्रा बिक्री सुरु, प्रतिकेजी कुनको कति तोकियो मूल्य ?



काठमाडौं । दशैंका लागि काठमाडौं ल्याइएको खसीबोका तथा च्यांग्रा बिक्रिी आजदेखि सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो । कम्पनीले चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्यांग्रा खरिद गरेर बिक्री गर्दै आएको छ ।

खसी बोकाको मूल्य भने प्रतिकेजी ६७० रुपैयाँ तोकिएको छ । तर, कम्पनीले दशैं तिहार लगायतको चाडपर्वको अवसरमा खसीबोका प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री सुरु गरेको हो । अब कम्पनीले खसीबोका प्रतिकेजी ६६० रुपैयाँमा बिक्री खुला भएको छ ।

कम्पनीका अनुसार च्यांग्राको मूल्य पनि प्रतिकेजी १० रुपैयाँ नै छुट दिइएको छ । च्यांग्रा ा प्रतिकेजी १ हजार २३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तर, १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म काठमाडौंमा २०८ वटा खसी बोका आइसेका छन् भने २८५ वटा च्यांग्रा पनि ल्याइसकिएको छ । अझै पनि क्रमिक रुपमा आउने क्रम जारी नै छ।


प्रतिक्रिया दिनुहोस्