चाँदीका सिक्का र मेडालियनको नयाँ मूल्य कायम, कुनको कति बढ्यो ? « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

चाँदीका सिक्का र मेडालियनको नयाँ मूल्य कायम, कुनको कति बढ्यो ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का तथा मेडालिनको नयाँ मूल्य कायम गरेको छ । सुनचाँदीको मूल्यमा बढोत्तरी हुँदै गएपछि राष्ट्र बैंकले सिक्का तथा मेडालिनको मूल्य बढाएको हो ।

केन्द्रिय बैंकले ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य बढाएको छ। बैंकको टक्सार महाशाखा २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पु¥याएको छ । यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

यसअघि १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८०० रुपैयाँ रहेको थियो । तर, अहिले भने बढेर २ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि यस्तो यान्त्रिकीकरणको मूल्य ३ हजार ८०० रुपैयाँ रहेको थियो ।

यता, ३१.१०३ ग्रामको राज्यारोण ७ हजार ९५०, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार ८५० कायम गरिएको छ ।

Mint_Notice_20241007


प्रतिक्रिया दिनुहोस्