यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य [सूचीसहित] « Arthapath.com
१० असार २०८२, मंगलबार

यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य [सूचीसहित]



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो (भारतीय)को अधिकतम मूल्य १४० तथा गोलभेँडा सानो लोकलको ८० रूपैयाँ रहेको छ। त्यस्तै टनेलको गोलभेंडाको मूल्य अधिकतम ९५ तोकिएको छ ।

त्यस्तै आलु, गाजर, बोडी, परवर, घिरौंला, बरेला, साग पनि केही घटेको छ विहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर १२८.३३ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ , रातो मुला ५०, सेतो मुला ४०, डल्लो भन्टा ६०, तने बोडी १००, स्थानीय घिउ सिमी ९०, राजमा २४०, टाटे सिमी ९०, तिते करेला ८०, लौका ५०, घिरौंला ७०, बरेला १००, इस्कुस ३० र भिण्डी ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्