प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो « Arthapath.com
१७ मंसिर २०८१, सोमबार

प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो



काठमाडौं । सुनको मूल्यमा फेरि गिरावट आएको छ । सोमबार छापावाला सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ घटेको हो ।

आइतार १ लाख ५० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार पनि ४०० रुपैयाँ घटेको थियो ।

साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आइतबार १ हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्