फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार फेरि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ हजार २०० रुपैयाँ घटेको सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापवाला सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको एक हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।