सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ? « Arthapath.com
२२ पुष २०८१, सोमबार

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ?



काठमाडौं । सार्वजनिक यातायातको भाडा पुनः वृद्धि भएको छ । सरकारले आज अर्थात् पुस २२ गतेदेखि नै लागू हुने गरि सार्वजनिक यातायातको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रबाहक तथा मालबहाक सवारी साधनको भाडा ३.३० प्रतिशतसम्म बढाइएको छ ।

विभाग अनुसार यात्रुवहाक सवारीको भाडा ३.३० प्रतिशत वृद्धि भएको छ । यता, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीको भाडा पनि ०.०५ प्रीतशत बढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार झन्डै डेढ वर्षपछि भाडा समायोजन गरिएको हो । यसअघि विभागले २०८० साउन मसान्तमा नयाँ भाडादर कायम गरेको थियो ।

सार्वजनि सवारी साधानको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंक ६५ प्रतिशत मानी कायम गरिँदै आएको छ । भाडा दर निर्धारणका लागि विभिन्न १३ सूचकहरुलाई आधार मानी २०७८ असार २७ गतेको मन्त्रिस्तरीय सहमतिमा समोजन गरिएको थियो । त्यसपश्चात विभिन्न मितिमा इन्धनमा आएको ५ प्रतिशत मूल्य घटी वा बढी हुँदा भाडादर समायोजन गरिएको विभागे जनाएको छ ।

अब कहाँ जान कति लाग्छ ?

2a6627a2-4753-4105-896b-1f5cb70be267_1


प्रतिक्रिया दिनुहोस्