सर्वाेत्तम सिमेन्टको छैटौ वार्षिक साधारणसभा, १० प्रतिशत लाभांस घोषणा

काठमाडौं । सर्वाेत्तम सिमेन्टको छैटौ बार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सर्वसाधारणको लागी १० प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।
रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा पुष २६ गते बसेको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण पारित गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्तावसमेत पारित गरेको हो । कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ % का दरले हुन आउने रु ३२,५५,००,०००।– (बत्तिस करोड पच्चपन्न लाख मात्र) बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने रु १३,९५,००,०००।– (तेह्र करोड पन्चानब्ये लाख मात्र) (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।