फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधवार सुनको भाउ थप महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात् माघ १ गते नेपाली बजारमा १ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँ कायम भएको छ ।