एकैदिन २२ सय रुपैयाँ महँगियो सुन, चाँदीको पनि बढ्यो, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
२३ माघ २०८१, बुधबार

एकैदिन २२ सय रुपैयाँ महँगियो सुन, चाँदीको पनि बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको भाउ थप महँगिन थालेको छ । सुनको भाउ बुधवार एकैदिन २ हजार २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा १ लाख ६४ हजार ७०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आज फेरि बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि १ हजार ९०० रुपैयाँ वृद्धि भएको थियो ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ४० रुपैयाँ वृद्धि भई १ हजार ९७५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्