प्रतितोला ५ हजार ७०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ? « Arthapath.com
२४ माघ २०८१, बिहीबार

प्रतितोला ५ हजार ७०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडौं । साताको पाँचौं कारोबार दिन पनि सुनको भाउ वृद्धि भएको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधावर पनि १ लाख ६६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत आइतबारदेखि नै सुनको भाउ वृद्धि भएको छ ।

गत आइतबार १ लाख ६२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने सोही मूल्य कायम भएको थियो ।

मंगलबार १ हजार ९०० रुपैयाँ वृद्धि भएको थियो । बुधवार पनि २ हजार २०० रुपैयाँ महँगिएको थियो । पछिल्लो चार दिनमै सुनको भाउ ५ हजार ७०० रुपैयाँ महँगिएको छ ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वृद्धि भई १ हजार ९८० रुपैयाँ कायम भएको छ । चाँदी बुधवार भने १ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्